Comments Add Comment

९३ प्रतिशत नेपालीमा टेलिफोन पहुँच

Sita-on-phone
१० कार्तिक, काठमाडौ । एक वर्षको अवधिमा मुलुकमा टेलिफोन घनत्व करिब १२ प्रतिशतले बढेको छ । सोही अवधिमा करिब ७ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले आइतवार सार्वजनिक गरेको गत साउन महिनासम्मको तथ्याङ्क अनुसार मुलुकको ९३.६९ प्रतिशत जनसंख्या टेलिफोनको पहुँचमा छन् । गतवर्ष साउनमा टेलिफोन प्रयोगकर्ता कुल जनसंख्याको ८१.७२ प्रतिशत थिए । एक वर्षकै अन्तरालमा ११.९७ प्रतिशत विन्दुले टेलिघनत्व बढेको हो । एउटै प्रयोगकर्ताले विभिन्न सेवा प्रदायकलको टेलिफोन सेवा प्रयोग गर्ने हुनाले तत्याङ्कमा घनत्व बढेको देखिए पनि पहुँच सो अनुसार हुँदैन, नागरिक दैनिकमा खबर छ ।
गत वर्ष साउनमा २ करोड १६ लाख ५१ हजार १ सय २२ जना प्रयोगकर्ता थिए । गत साउनमा त्याृे संख्या बढेर २ करोड ४८ लाख २६ हजार ६ सय ८४ पुगेको छ ।
फिक्स्ड टेफिफोन प्रयोग गर्नेको संख्या ८३ हजार ७ सय ८४ छ । मोबाइल प्रयोगकर्ता २ करोड २२ लाख ६५ हजार २ सय ३६ छन् । एलएमएस, जीएमपीसीएस लगायत अन्य सेवा प्रयोगकर्ता १७ लाख ३० हजार ६ सय ५९ छन् ।
इन्टरनेट प्रयोगकर्ता एक वर्षअघिको तुलनामा ३३.७६ प्रतिशत थपिएका छन् । गत वर्ष इन्टरनेट प्रयोगकर्ताको वृद्धिदर २६.९३ प्रतिशत थियो ।
दूरसञ्चारको विभिन्न सेवा प्रदान गरिरहेको नेपाल टेलिकमले केही महिनायता बजार हिस्सा बढाउँदै लगेको तथ्याङकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment