Comments Add Comment

अमेरिकामा हिन्दु मन्दिर बनाइने

NECCडीसी । अमेरिकामा मन्दिर निर्माणका लागि त्यहाा रहेका नेपालीहरुले आर्थिक अभियान सञ्चालन गर्ने भएका छन् । पशुपति तथा बुद्ध मन्दिर निर्माणका लागि आर्थिक संकलन अभियान शुरु गर्न लागिएको हो ।

नेपाल शिक्षा तथा संस्कृति केन्द्रले मन्दिर निर्माणको लागि आर्थिक अभियान सञ्चालन गर्न लागेको जनाएको छ । पशुपति तथा बुद्ध मन्दिर निर्माणको लागि डलर अ डे अवधारणा अघि सार्दै उनीहरुले आर्थिक संकलन गर्न लागको हुन् ।

‘एक दिन एक घर, एकै डलर, मन्दिर बनाउने चल्यो है लहर’ भन्ने नाराका साथ घर दैलो आर्थिक संकलन अभियान छिट्टै सञ्चालन गरिन लागिएको केन्द्रले जनाएको छ ।

देउसीभैलोबाट १३ हजार २१७ डलर संकलन

दीपावलीको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट १३ हजार २१७ डलर संकलन भएको छ । कलाकारहरु मदनकृष्ण श्रेष्ठ, डिगबहादुर तामाङ, मुक्ति दवाडी, शशी रायमाझी, नारायण थापा, प्रविण घिमिरे, विष्णु शीतल, सरस्वती पौडेल, गौरी केसी, पुरु घिमिरे, नगेन्द्र पौडेल, कृष्ण निरौला, भुवन केसी, राजेन्द्र रिमाल, ध्रुव गिरी, अमृत गिरी, शिव ढकाललगायत देउसीभैलोमा सरिक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment