Comments Add Comment

सात प्रदेशको प्रस्ताव आयो भने छलफल गर्न सकिन्छ : बाबुराम भट्टराई

फाइल फोटो
फाइल फोटो

१७ कात्तिक, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस र  नेकपा एमालेले समितिमा आफ्नो ७ प्रदेशको प्रस्ताव पेश गरेको अवस्थामा त्यसमाथि छलफल हुन सक्ने बताएका छन् ।

‘कांगेस एमालेका साथीहरुले आफ्नो प्रस्ताव सम्वाद समितिमा पेश गर्न सक्नुहुन्छ, डा. भट्टराईले सोमबार अनलाइनखबरसँग भने, ‘त्यस्तो प्रस्ताव आयो भने समितिमा छलफल हुन्छ र के भन्ने निर्णय हुन्छ ।’

तर, सरकारमा रहेका पहिलो र दोस्रो दलले नै त्यसरी आफ्नो मात्रै प्रस्ताव सम्वाद समितिमा ल्याउनुभन्दा सबैसँग सहमति खोज्नु राम्रो हुने डा. भट्टराईले बताए । ‘पहिलो र दोस्रो दलले त्यससरी आफ्नोमात्रै प्रस्ताव ल्यालान् जस्तो मलाई लाग्दैन,’ उनले भने ।

सम्वाद समितिको बैठक स्थगित

यसैवीच सोमबार बोलाइएको राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक स्थगित भएको छ । कांग्रेर र एमालेका नेताको अनुपस्थितिका कारण बैठक बस्न नसकेको भनिए पनि डा. भट्टराईले प्रतिवेदन तयार पार्नुपर्ने भएकाले बैठक स्गथगन गरिएको बताए । ‘बहुपक्षीय र दुई पक्षीय छलफलहरु भइरहेका छन्,’डा. भट्टराईले भने, प्रतिवेदन तयार गर्नुपर्ने भएकाले भ्याइएन ।’

मुख्य  दलहरुवीच प्रमुख विषयमा सहमतिको प्रयास निरन्तर जारी राखिने डा. भट्टराईले बताए । सहमति भएन भने कसैले नसोचेको  अतिवादले टाउको उठाउने खतरा रहेको डा. भट्टराईले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment