Comments Add Comment

एलजीको नयाँ शो-रूम जावलाखेलमा, १५ दिनसम्म छुटको व्यवस्था

lg  (2)

२१ कात्तिक, काठमाडौं । एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले ललितपुरको जावलाखेलमा शो-रुम विस्तार गरेको छ ।

शो-रुमको चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरी र एलजी इलेक्ट्रोनिक्स इंक सिंगापुरका कार्यकारी निर्देशक स्कट जंगले संयूक्त रुपमा उद्घाटन गरे ।

शो-रुममा एलजी ब्रान्डका मायक्रोवोभन, वासिङ मेसिन, रेफ्रिजेरेटर, स्मार्ट टिभी, एसीलगायतका इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध हुनेछन् ।

lg  (7)
शो-रुम सञ्चालनको अवसरमा विभिन्न सामाग्रीमा छुट तथा निःशुल्क उपहारको समय व्यवस्था गरिएको छ । शो-रुम इन्चार्ज सिद्धार्थ शाक्यका अनुसार सामाग्री हेरेर १५ सयदेखि १० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार ३२ इन्चभन्दा माथिको स्मार्ट टिभीमा ५ सय जीबीको हार्डड्राइभ, एयर कन्डिस्नरमा इन्टलेसन, डबल डोर रेफ्रिजेरेटरमा किट र डिनर सेट, साइड बाइ साइड रेफ्रिजेरेटरमा ओभन, वासिङ मेसिनमा आइरन, फ्रन्ट लोडिङ इन्डक्सनमा कुकर उपहार दिइने छ ।

छुट योजना १५ दिनसम्म लागु हुने बताइएको छ । शो-रुममा ४ हजार ६ सय रुपैयाँदेखि १४ लाख रुपैयाँसम्मका सामाग्रीहरु बिक्रीमा राखिएको छ ।

lg  (3) lg  (4) lg  (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment