Comments Add Comment

सुनको भाउ घट्ने क्रम जारी, ४५ हजारसम्म ओर्लने संकेत

gold २२ कात्तिक, काठमाडौं । सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम यो हप्ता पनि जारी रहेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५० हजार रुपैयाँमा किनबेच भएको सुन हिजो शुक्रबार ४९ हजार रुपैयाँमा किनबेच भयो ।
अमेरिकी संघीय बैंकले ऋणपत्र खरिद कार्यक्रमको अन्त्य भएको घोषणा गरेसँगै चुलिएको डलरको भाउले लगानीकर्ता पहेँलो धातु छोडेर डलरमा ओइरिएका छन् । यही कारण सुनचाँदीको मूल्य तीब्र गतिमा घट्ने क्रम शुरु भएको व्यवसायीहरु बताउँछन् ।
यो साताभर सुनको भाउ हरेक दिन घटेको छ । आइतबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार २ सय रुपैयाँ, मंगलबार र बुधबार एक/एक सय रुपैयाँ, बिहीबार ५ सय रुपैयाँ र शुक्रबार एक सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व शेयर बजारमा देखापरेको शेयरको मूल्यवृद्धिका कारणले समेत सुनको माग कम भएको विज्ञहरुको अनुमान छ । यसैबीच विश्व बजारमा लगानीकर्ताबीच देखिएको घट्दो मागका कारण सम्भावित थप घाटाबाट बच्न स्टक होल्डर एवं कमोडिटिज लगानीकर्ताहरुले सुन बिक्री गर्न थाले पनि भाउ घट्नका लागि दबाव पुगेको हो ।

यही क्रम जारी रहेमा नेपाली बजारमा गत ०७० असार १४ मा कायम भएको सबैभन्दा न्यून मूल्य प्रतितोला ४८ हजार १ सय रुपैयाँलाई पनि उछिन्दै अझै घट्न सक्ने सम्भावना बढेको महासंघले जनाएको छ ।
अहिलेको सुनचाँदीको मूल्य विश्व बजारमा साढे ४ वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । यही क्रम जारी रहेमा आगामी महिनाभित्र सुनको अन्तर्राष्ट्रिय मूल्य १०५० को हाराहारीमा पुग्ने विश्लेषकहरु बताउँछन् । जसअनुसार आगामी केही महिनाभित्रै नेपाली मूल्य प्रतितोला ४५ हजारसम्म ओर्लिन सक्ने आंकलन गर्न सकिन्छ ।
साथै, चाँदीको पनि अन्तर्राष्ट्रिय भाउअनुसार साढे ४ बर्ष यताकै न्यूनतम मूल्य कायम हुन पुगेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको छ ।

२२ कात्तिक, काठमाडौं । सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम यो हप्ता पनि जारी रहेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५० हजार रुपैयाँमा किनबेच भएको सुन हिजो शुक्रबार ४९ हजार रुपैयाँमा किनबेच भयो ।
अमेरिकी संघीय बैंकले ऋणपत्र खरिद कार्यक्रमको अन्त्य भएको घोषणा गरेसँगै चुलिएको डलरको भाउले लगानीकर्ता पहेँलो धातु छोडेर डलरमा ओइरिएका छन् । यही कारण सुनचाँदीको मूल्य तीब्र गतिमा घट्ने क्रम शुरु भएको व्यवसायीहरु बताउँछन् ।
यो साताभर सुनको भाउ हरेक दिन घटेको छ । आइतबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार २ सय रुपैयाँ, मंगलबार र बुधबार एक/एक सय रुपैयाँ, बिहीबार ५ सय रुपैयाँ र शुक्रबार एक सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व शेयर बजारमा देखापरेको शेयरको मूल्यवृद्धिका कारणले समेत सुनको माग कम भएको विज्ञहरुको अनुमान छ । यसैबीच विश्व बजारमा लगानीकर्ताबीच देखिएको घट्दो मागका कारण सम्भावित थप घाटाबाट बच्न स्टक होल्डर एवं कमोडिटिज लगानीकर्ताहरुले सुन बिक्री गर्न थाले पनि भाउ घट्नका लागि दबाव पुगेको हो ।

यही क्रम जारी रहेमा नेपाली बजारमा गत ०७० असार १४ मा कायम भएको सबैभन्दा न्यून मूल्य प्रतितोला ४८ हजार १ सय रुपैयाँलाई पनि उछिन्दै अझै घट्न सक्ने सम्भावना बढेको महासंघले जनाएको छ ।
अहिलेको सुनचाँदीको मूल्य विश्व बजारमा साढे ४ वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । यही क्रम जारी रहेमा आगामी महिनाभित्र सुनको अन्तर्राष्ट्रिय मूल्य १०५० को हाराहारीमा पुग्ने विश्लेषकहरु बताउँछन् । जसअनुसार आगामी केही महिनाभित्रै नेपाली मूल्य प्रतितोला ४५ हजारसम्म ओर्लिन सक्ने आंकलन गर्न सकिन्छ ।
साथै, चाँदीको पनि अन्तर्राष्ट्रिय भाउअनुसार साढे ४ बर्ष यताकै न्यूनतम मूल्य कायम हुन पुगेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment