Comments Add Comment

शपथका विषयमा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

४ जेठ, काठमाडौं । शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

अब प्रधानमन्त्री ओलीले आफूले शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द ‘प्रतिज्ञा गर्छु’ वाचन नगरी ‘त्यो पर्दैन’ भन्नुको कारण बाटो म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्नुपर्छ ।

रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

गत वैशाख ३१ गते प्रधानमन्त्रीले लिएको शपथको विषयमा कानुन व्यवसायीहरुले रिट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment