Comments Add Comment

महाकाली अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

५ जेठ, धनगढी । कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकी कोभिड फोकल पर्सन महिन्द्रा भट्टले भीमदत्त नगरपालिकाका-४ जना, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १-१ जनाको मृत्यु भएको जानकारी दिइन् ।

उनका अनुसार भीमदत्त नगरपालिका-५ का ६५ वर्षीय पुरुष, भीदमत्त नगरपालिका-८ का ७५ वर्षीया महिला, वडा नम्बर १८ का ८० र ७१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै कृष्णपुर नगरपालिका-४ का ६९ वर्षीय पुरुष र लालझाडी-५ का ३० वर्षीय पुरुषको मृत्यु भएको उनले बताइन् ।

बुधबार नै कञ्चनपुरमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय ४ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment