Comments Add Comment

साढे १० अंकले घट्यो नेप्से, साढे २१ करोडको कारोबार

nepse-3२४ कात्तिक काठमाडौं ।  साताको दोस्रो दिन १०.६७ अंकले घटेर नेप्से परिसूचक ८ सय ८४.७४ अंकमा झरेको छ । आइतबार पनि नेप्से ९ अंकले घटेको थियो ।

होटल र उत्पादनमूल समूहको सूचक झिनो अंकले बढेपनि अन्य सूचकहरु गिरावट आएपछि नेप्से घटेको हो ।

उत्पादनमूलक समूहको सूचक ४.७७ अंकले र होटल समूहको सूचक ०.५७ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार नेप्सेमा दुई तिहाइ हिस्सा रहेको वाणिज्य बैंक समूहको सूचक ९.०८ अंकले घटेको छ । यो दिन वाणिज्य बैंक समूहको ८ करोड २९ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी विकास बैंक समूहको सूचक ९.३७ अंकले घटेको छ भने वित्त कम्पनी समूहको सूचक ३.५४ अंकले घटेको छ ।

बीमा समूहको सूचक सबैभन्दा बढी अर्थात ५०.६१ अंकले घटेको छ । जलविद्युत समूहको ३५.९३ अंकले र अन्य समूहको सूचक ११.७४ अंकले घटेको छ ।

सोमबार नेप्सेमा  १ सय २५ कम्पनीका ४ लाख ७९ हजार कित्ता सेयर २१ करोड ४१ लाख रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment