Comments Add Comment

प्रथम दक्षिण एसियाली महिला भलिबल हुने

९ मंसिर, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा पुस पहिलो साता प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

आगामी पुस ४ देखि ८ गतेसम्म काठमाडौंमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशको सहभागिता रहनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिता हुने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । त्यस्तै, पाकिस्तान र भुटानका महिला टोली भने तयारी अवस्थामा नरहेकाले सहभागिता जनाउने छैनन् ।

नेपाल भलिबल संघबाट आर्थिक सहयोग मिलेमा अफगानिस्तानले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

संघका अध्यक्ष एवम् प्रतियोगिताका संयोजक दानबहादुर तामाङलले दक्षिण एसियाली राष्ट्र र भलिबल खेलाडीबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि प्रतियोगिता गर्न लागेको बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः दुई हजार, एक हजार र ५ सय डलर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट एक खेलाडीले २५ हजार पाउने छन् ।

३७ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि संघले १९ सदस्यीय नेपाली टोलीको छनोट गरी बन्द प्रशिक्षणमा यसअघि नै राखिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment