Comments Add Comment

टेबल टेनिस महासंघका विकास निर्देशक ओल्भिच नेपाल आउँदै

table-tennis

१४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघका विकास निर्देशक अर्जेन्टिनी लेन्ड्रो ओल्भिच आइतबार नेपाल आउँदै छन् ।

नेपाल भ्रमणका क्रममा निर्देशक ओल्भिचले टेबलटेनिस विकासका लागि सरकारी खेलकुद अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय टेबलटेनिसका अहिलेसम्मकै उच्च पदका अधिकारी भएको संघका अध्यक्ष चतुरानन्दराज वैद्यले बताए ।
निर्देशक लेन्ड्रोलेे विश्वका २ सय २० राष्ट्रमा रहेको टेबल टेनिस एशोसिएनका लागि विकास कार्यक्रम निर्माण गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment