Comments Add Comment

सबैभन्दा बढी तलब खाने एप्पलका कर्मचारीहरु

Germany Apple iPad
विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलमा सबैभन्दा बढि तलबभत्ता कुन पदको कर्मचारीले पाउँछन् होला ? डिजाइनरले बढि पाउँछन् होला की इन्जिनियरले ?
विश्वका चर्चित कम्पनीहरुका कर्मचारीले पाउने तलबभत्ता, सुविधा तथा अन्य व्यवस्थापकीय कुराहरुको बारेमा जानकारी प्रदान गर्ने साइट ग्लासडोरले एप्पल कम्पनीमा कुन पद तथा जिम्मेवारीको कर्मचारीले कति तलबभत्ता खान्छन् ? भन्ने तथ्यको खुलासा गरेको छ ।

एप्पलका भुतपूर्व तथा वर्तमान बेनामी कर्मचारीहरुले दिएको जानकारीका आधारमा ग्लासडोरले रिपोर्ट तयार पारेको हो । जस अनुसार एप्पलमा सबैभन्दा बढि तलबभत्ता पाउने जागिरहरु यस्ता छन् –
१. औद्योगिक डिजाइनर- वाषिर्क तलब १ लाख ६७ हजार २ सय ६० डलर । एप्पलका सस्थापक स्टिभ जब्सले एप्पल डिजाइन र प्रविधिको दोबाटोमा रहेको कम्पनी भएको बेलाबेलामा बताउने गर्थे । यसको अर्थ एप्पलले प्रविधिलाई जति महत्व दिन्छ त्यसभन्दा धेरै वा उति नै महत्व डिजाइनलाई दिन्छ भन्ने हो । डिजाइनरले एप्पलका प्रडक्टको डिजाइन कस्तो बनाउने ? कसरी उपभोक्ताको रोजाइमा पार्ने भन्ने विषयमा मेहेनत गर्दछन् । त्यसैले एप्पलमा इन्जिनियरले भन्दा बढि तलब औद्योगिक डिजाइनरले पाउँछ ।
२.वरिष्ठ हार्डवेयर इन्जिनियर – वाषिर्क तलब १ लाख ३८ हजार ७ सय ५३ डलर । औद्योगिक डिजाइनर पछि एप्पलमा सबैभन्दा बढि तलबभत्ता खाने जागिर भनेको हार्डवेयर इन्जिनिरको हो ।
३. वरिष्ठ सफ्टवेयर इन्जिनियर- वाषिर्क तलब १ लाख ३० हजार १ सय ३० डलर । यो तेश्रो उच्चतम तलब खाने पद हो ।
४. प्रडक्ट म्यानेजर- उत्पादन व्यवस्थापक पद निकै व्यस्त तथा जिम्मेवारीपूर्ण पद हो । यो पदका कर्मचारीहरुले बजार सँगै डिजाइन, सफ्टवेयर तथा हार्डवेयर इन्जिनियरसँग पनि प्रत्यक्ष सम्पर्कमा रही उत्पादनको सहज बजार व्यवस्था तथा आपूर्ति लगायतका विषयमा काम गर्छन् । यो तहका कर्मचारीको वाषिर्क तलब १ लाख २० हजार १ सय ८२ डलर हुन्छ ।
५. प्रडक्ट डिजाइन इन्जिनियर- तलब वाषिर्क १ लाख १९ हजार ७४२ डलर ।
६. मेकानिकल इन्जिनियर- वाषिर्क तलब १ लाख १९ हजार १५० डलर ।
७. हार्डवेयर इन्जिनियर- तलब वाषिर्क १ लाख १३ हजार ५७७ डलर ।
८.सफ्टवेयर इन्जिनियर- एप्पलका एप्लिकेसन तथा अपरेटिङ सिस्टमका मस्तिष्क मानिने सफ्टवेयर इन्जिनियरको वाषिर्क तलब १ लाख १० हजार ७८४ डलर हुन्छ ।
९. डाटाबेस प्रशासक- एप्पलको क्लाउडमा ठूलो परिमाणमा डाटा संचय गरिएका छन् । यस्ता डाटाको संरक्षण र प्रयोग तथा एप्पल प्रयोगकर्तामाझ पूराउने कामका लागि डाटावेस व्यवस्थापन निकै महत्वपूर्ण काम हो । त्यसैले होला एप्पलले आफ्ना डाटाबेस प्रशासकलाई उनीहरुको जिम्मेवारी बोध गर्दै वाषिर्क १ लाख ९ हजार ४१५ डलर तलब दिने गर्छ ।
१०. वरिष्ठ सिस्टम इन्जिनियर- वाषिर्क तलब भक्ता १ लाख ७ हजार ७४० डलर ।
११. परियोजना व्यवस्थापक- वाषिर्क १ लाख १ हजार ७१६ अमेरिकी डलर ।
१२. सिस्टम इन्जिनियर- वाषिर्क ९५ हजार ७१३ डलर ।
१३. वित्तिय विश्लेषक- एप्पलले केवल प्रविधि तथा डिजाइनमा काम गर्नेलाई मात्र होइन यसको वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीलाई पनि राम्रै पारिश्रमिक दिने गरकेो छ । वित्तिय विश्लेषकको वाषिर्क तलब ८९ हजार ७२८ डलर हुन्छ ।
१४.व्यवसाय विश्लेषक- वाषिर्क तलब ८५ हजार ८६५ डलर ।
१५. लेखा कार्यकारी- वाषिर्क तलब ७४ हजार ४५७ अमेरिकी डलर ।
बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment