Comments Add Comment

आफन्तबाट बेचिएकी महिला नेपाल फर्काइदै

युएई  । आफन्तबाटै बेचिएर भारत हुदै युएई पुगेकी १९ वर्षीया शान्ता मिजार नेपाललार्इ विभिन्न संस्थाको पहलमा घर फर्काइँदैछ । काभ्रे भकुन्डेबेशी स्थायी घरभएकी शान्तालाई आफ्नै सानीआमाको छोरी सिन्धुपाल्चोक बस्ने मीना बिसुन्ती र सोही स्थान बस्ने रामबहादुर तामाङले काठमाडौँ पुर्याएका थिए । काठमाडौं सिनामंगलमा चार दिनको बसाईपछि रामबहादुर र निजकी श्रीमती कविताले २/४ दिन भारत घुमेर आउने भन्दै फकाएर दिल्ली पुर्याएका थिए ।

२०७१ साल जेष्ठ १४ गते काठमाडौँबाट माइक्रोबसमा हेटौडासम्म र रात्री बसमा झापाको चन्द्रगढी पुगेकी शान्तालाई तीन घन्टा पैदल हिडाइ दार्जिलिङ पुर्याइएको थियो । बाटोमा प्रहरी वा अन्यले सोधपुछ गरेमा समान खरिद गर्न जानलागेको भन्नुपर्छ भनेर कविताले सिकाएकी थिइन् ।

दिल्लीमा १० दिनको बसाईपछि केही दिनमा नेपाल आउछौ तिमी प्लेनमा जानु भनि झुक्याएर दुबई पठाएको शान्ताले बताइन् ।  दुबईमा उनलाई लिनको लागी कार पर्खिरहेको थियो । कारमा चढेको ४५ मिनेटपछि एउटा घरमा पुर्याइयो जहाँ श्रीलंकाको महिला थिइन् । एक दिन पछि काम सुरु भयो, घरको हरेक काम गर्नु पर्दथ्यो कोहीसँग बोल्न दिएनन् ।

सगै काम गर्ने साथीको मोबाइलबाट नेपाल(घर) मा फोन गरेर सबैकुरा बताएपछि उनका आफन्तले जिफन्ट सपोर्ट ग्रुपका यूएर्इका दीपक राउतलाई उपलब्ध गराए ।  त्यसपछि सेप्टेम्बर ३० का दिन नेपाली प्रवासी श्रमिक संघ युएई र सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी शान्तालाई उद्धार गरी दूतावास पुर्याइएको थियो । नेपाली राजदूतावास आबुधाबीको महिला सेल्टरमा बस्दै आएकी शान्ता दूताबास, नेपाली प्रवासी श्रमिक संघ र अन्य सामाजिक संघ संस्थाको पहलमा नेपाल फर्कन लागेको नवराज बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment