Comments Add Comment

एमबीबीएसको प्रश्नपत्र किनबेच गर्ने कुशवाहको घरमा अख्तियारको छापा

pravat kushbaha

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र किनबेचका मध्यस्थता डा. प्रभातकुमार कुशवाहको घरमा छापा मारेको छ ।

नख्तिपोटस्थित उनको घरमा छापा मार्दा एक लाख नगद र ४५ लाखको चेक बरामद भएको छ । उनी प्रश्नपत्र किनबेचका मध्यस्थकर्ता हुन् । उनलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।

उनले दिएको बयानका आधारमा अख्तियारले शनिबार प्रश्नपत्र लिक गर्ने गोल्डेनगेट कलेजका निर्देशक देविराम पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले अर्बिट र नेम इन्ष्टिच्युटमा पनि छापा मारेको छ । त्यहाँबाट कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।\

गोल्डेन गेट कलेजको परीक्षा केन्द्र खारेज

एमबीबीएसका बिद्यार्थीको छात्रवृत्तिका लागि आगामी साता हुन लागेको परीक्षा अब गोल्डेन गेट कलेजमा नहुने भएको छ । राजधानीका ९ स्थानमा शनिबार भएको परीक्षाका क्रममा प्रश्नपत्र बिक्री गरेको अभियोगमा गोल्डेनगेट कलेजका निर्देशकसमेत पक्राउ परेपछि कलेजको परीक्षा केन्द्र खारेज गरिएको शिक्षा सचिव विश्वप्रकाश पण्डितले जानकारी दिए ।

शनिबार गोल्डेनगेट कलेजसहित राजधानीका ९ वटा परीक्षा केन्द्रबाट करिब पाँच हजार विद्यार्थीले एमबीबीएसको छात्रवृत्तिका लागि परीक्षा दिएका थिए ।

राजधानीका एलआरआइ कलेज, ट्रिनिटी, पेन्टागन, काठमाडौं मोडल, एम्बिसन एकेडेमी, लिभरपुल, नोबेल एकेडेमी र सायथ वेस्टर्न कलेजका परीक्षा केन्द्रहरु यथावत छन् ।

यो पनि पढ्नुस्  

एमबीबीएसमा दलालले गर्छन् डेढ अर्बको खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment