
१५ जेठ, काठमाडौं । यस वर्ष गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा खुम्चिएको हो ।
गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् । कार्यक्रमको चाँजोपाँजो भने गृहमन्त्रालयले मिलाउँछ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए ।
गृहका अर्का एक अधिकारीले पानी परेर कार्यक्रम प्रभावित हुने भएकाले टुँडिखेलको खुल्ला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको तर्क गरे ।
जंगअड्डाको हलभित्र आयोजित समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको छ ।
तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4