+
+
Shares

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ १५ गते १०:२२

१५ जेठ, काठमाडौं । आज विभिन्न कार्यक्रमका साथ देशैभर गणतन्त्र दिवस मनाइँएको छ । काठमाडौंमा सरकारले टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

टुँडिखेलमा कार्यक्रम आयोजना हुनुअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको थियो । त्यसुपछि सैनिक मञ्चमा बिहान ८ बजेदेखि औपचारिक कार्यक्रम सुरु गरेर दिवस मनाइएको छ ।

टुँडिखेलको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गरेका छन् । प्रधानमन्त्री बालेनले भने सम्बोधन् गरेनन् ।

कार्यक्रम हुनुपूर्व सुरक्षाकर्मीहरुसहित कलाकारहरुले  कवाज तथा झाँकी प्रदर्शन गरेका थिए ।

               

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?