+
+
Shares

गणतन्त्रको रक्षा र सुदृढीकरणमा सबैले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते ८:०७

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् ।

नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएपछि गणतन्त्र स्थापना भएको स्मरण गर्दै थापाले शासन व्यवस्थाको संस्थागत सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।

यही व्यवस्थालाई सुदृढीकरण गर्दै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उनको भनाइ छ ।

उनले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा यात्रामा गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि शुभकामना सन्देश जारी गर्दै संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?