News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन्।
- यादवले पार्टीभित्र विभिन्न भेला गर्न आवश्यक नभएको र पुरै मधेस एक ढिक्का भएर क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने बताए।
- पूर्व सभापति देउवा र नेता कोइरालाका निकटका १९ जनालाई सभापति थापाले केन्द्रीय सदस्य मनोनित गरेका छन्।
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनका विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन् ।
पूर्व सहमहामन्त्री समेत रहेका यादवले पार्टीमा यो भेला र त्यो भेला गर्न आवश्यक नरहेको बताएका हुन् । महोत्तरीको बर्दिवासमा आयोजित दुईदिने प्रदेशस्तरीय कार्यक्रममा यादवले पुरै मधेस एक ढिक्का भएर क्रियाशील सदस्यता अद्यावधिक गर्न लाग्नुपर्ने बताए ।
‘पार्टीभित्र अब यो भेला त्यो भेला भनेर अनेक कुरामा लागेर हुन्न । अब बिशेष महाधिवेशनमा सहभागी नभएका हामी अरु जो थियौं, ती सबैले गगन थापालाई सभापति मानेर अघि बढौं,’ यादवले भने । पूर्व संस्थापन समूहमा रहेका यादवले तत्कालीन महामन्त्री थापाले चुनावअघि हुने गरी महाधिवेशनको कार्यतालिका ल्याउँदा त्यसको काउन्टर हुने गरी चुनावपछिको कार्यतालिका ल्याएका थिए । विशेष महाधिवेशनको विपक्षमा रहेका यादवलाई सभापति थापाले चुनावी टिकट दिएका थिए ।
पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला निकटका १९ जनालाई केन्द्रीय सदस्यमा सभापति थापाले मनोनित गर्दा यादव पनि परेका थिए । कांग्रेसको एउटा पक्षले क्रियाशील सदस्यता अद्यावधिक गर्न अस्विकार गरिरहेको बेला पूर्व संस्थापनका नेताले भने,‘कृयाशिल सदस्यता अधावधिक गर्न अब सबै जुटेर लागौं । पुरै मधेस प्रदेश एक ढिक्का भएर यो अभियानमा लागौं ।’
प्रतिक्रिया 4