Comments Add Comment

एलेग्री युभेन्ट्स फर्किए

१५ जेठ, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मासिलियानो एलेग्रीलाई प्रशिक्षक नियुक्त गरेको छ । आन्द्रे पिर्लोलाई एक सिजनपछि नै बर्खास्त गरेको युभेन्ट्सले एलेग्रीलाई फेरि प्रशिक्षक चयन गरेको हो ।

यस सिजन युभेन्ट्सले सिरी ए उपाधि रक्षा गर्न सकेन भने अन्तिम खेल जित्दै चौथो स्थानमा रहेर अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट भएको छ । सन् २०१२ यता युभेन्ट्स लिग उपाधि जित्न असफल भएको हो ।

एलेग्री यसअघि प्रशिक्षक हुँदा युभेन्ट्सले सन् २०१४ देखि २०१९ सम्म लगातार पाँच पटक लिग उपाधि जितेको थियो । ५३ वर्षीय एलेग्री त्यसयता फुटबलबाट टाढा थिए । तर दुई वर्षपछि उनी पुन: युभेन्ट्समा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment