Comments Add Comment

उज्वलको परिवारले अस्वीकार गर्‍यो दुर्गा प्रसाईंको सहयोग

१५ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

थापाको उपचारका लागि परिवार र शुभचिन्तकहरुले सहयोग रकम संकलन अभियान थालेपछि शनिबार प्रसाईले एक विज्ञप्ति जारी गर्दै उनको उपचार लाग्ने सबै खर्च आफूले ब्यहोर्ने घोषणा गरेका थिए ।
तर, थापाको परिवारको हवाला दिँदै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले उनको सहयोग अस्वीकार गरेको बताएका छन् ।

शनिबार नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी गरिएको प्रेस नोटमा पनि उक्त सहयोग अस्वीकार गरिएको उल्लेख छ ।

‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ प्रेस नोटमा भनिएको छ ।

थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ ।

यो पनि पढ्नुहोस नेता बचाउन चन्दा उठाउँदै जनता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment