+
+
Shares

कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सकियो, भोलिदेखि गाडी चल्ने

प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिरमा पृथ्वी राजमार्गको नयाँ ट्र्याक खोल्ने काम बुधबार बिहानसम्म सम्पन्न भएको छ ।
  • नयाँ ट्र्याक तयार भएपछि भोलिदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन् ।
  • १४ भदौको त्रिशूली बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध थियो, र सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए ।

३१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन्।

भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध छ ।

२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । नयाँ ट्र्याकको परीक्षण गरिए पनि काम पूर्णरूपमा नसकिएको भन्दै गाडी चल्न दिइएको थिएन ।

पृथ्वी राजमार्ग बन्द भएसँगै सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक राजमार्ग प्रयोग गर्दै काठमाडौं आउजाउ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?