Comments Add Comment
आर्थिक सर्वेक्षणको चित्र :

सम्भव देखिएन अर्थतन्त्रको ‘भी’ आकारको पुनरुत्थान

१४ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को महामारीका कारण सरकारले लगातार दोस्रो वर्ष आर्थिक वृद्धिदर कमजोर हुने भएको छ । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै सरकारले सो तथ्य स्वीकार गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । तर, चालु आर्थिक वर्ष २०७७/७८ मा भने यसमा ‘भी’सेप आकारमा सुधार हुने र आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको थियो ।

अनुमानित वृद्धिदर, जुन हात नपर्ने ठहर सरकारले गरिसकेको छ ।

यो संशोधित अनुमान समेत प्राप्त गर्न मुश्किल रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । महामारीबाट उत्पन्न आर्थिक संकटका बावजुद अर्थतन्त्रका सूचकांकहरू सकारात्मक रहेका कारण सरकारले आर्थिक वृद्धिदर भीसेप आकारमा सुधार हुने अनुमान गरेको थियो ।

कोभिड १९ को असर राजस्व परिचालन र बजेट खर्चमा समेत पर्ने देखिएको छ । मन्त्रालयका अनुसार २०७६ चैतदेखि २०७७ भदौसम्म राजस्व परिचालनमा उच्च गिरावट आयो । असोजबाट भने राजस्व परिचालनमा केही सुधार आएको थियो ।

तर, वैशाखबाट पुनः दोस्रो लहरको महामारी फैलँदा अर्थतन्त्रमा पुनः चुनौती र जोखिम बढाएको अर्थमन्त्री पौडेलले जानकारी दिए । उता, अर्थसचिव शिशिरकुमार ढुंगाना भने अझै पनि आशावादी छन् ।

आर्थिक वृद्धिबाहेक सबै परिसूचक सकारात्मक रहेकोले अर्थतन्त्र समस्यामै छ भन्नुपर्ने अवस्था नरहेको उनी दावी गर्छन् । आर्थिक वृद्धिदरमा यो वर्ष कृषि भन्दा गैर कृषि क्षेत्रको वृद्धिदर बढी हुने अनुमान छ ।

गैरकृषितर्फ विद्युत तथा ग्याँस, पानीको आपूर्ति तथा निर्माण क्षेत्रमा कुल मूल्य अभिवृद्धिको वृद्धिदर राम्रो रहने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

आर्थिक वृद्धिदरमा यो वर्ष कृषि भन्दा गैर कृषि क्षेत्रको वृद्धिदर बढी हुने अनुमान छ । गैरकृषितर्फ विद्युत् तथा ग्याँस, पानीको आपूर्ति तथा निर्माण क्षेत्रमा कूल मूल्य अभिवृद्धिको वृद्धिदर राम्रो रहने अनुमान अर्थ मन्त्रालयको छ ।

गरीबी र बेरोजगारी दर बढ्दो

लामो समयदेखिको स्वास्थ्य संकट नियन्त्रण गर्न अपनाइएका गतिविधिले गरीबी र बेरोजगारी दर बढाएको मन्त्रालयको जिकिर छ । अर्थ मन्त्रालयका अनुसार यो बीचमा यातायात, पर्यटन, होटल तथा रेष्टुरेन्ट, थोक तथा खुद्रा व्यापारसहितको सेवा क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

यसले आर्थिक वृद्धिसहित सरकारले लिएको समृद्धि यात्रामा समेत धक्का पुग्ने देखिएको हो । यद्यपि सरकारले संशोधित अनुमान अनुसार आर्थिक वृद्धिदर कहाँ पुग्छ भन्ने यकिन गर्न भने सकेको छैन ।

मन्त्री पौडेलका अनुसार कोभिड १९ को दोस्रो लहरको प्रभाव कहाँसम्म पर्छ भन्ने निश्चित नभएका कारण आर्थिक वृद्धिदरको अर्को अनुमान गर्न नसकिएको जनाएको छ ।

राजस्व र खर्च प्रभावित

कोभिड १९ को असर राजस्व परिचालन र बजेट खर्चमा समेत पर्ने देखिएको छ । मन्त्रालयका अनुसार २०७६ चैतदेखि २०७७ भदौसम्म राजस्व परिचालनमा उच्च गिरावट आयो ।

असोजबाट भने राजस्व परिचालनमा केही सुधार आएको थियो । तर, २०७८ वैशाखबाट कोभिड १९ को दोस्रो लहरका कारण चालु आवको तेस्रो त्रैमासमा भने लक्ष्य अनुसार राजस्व संकलन प्रभावित हुने देखिएको छ ।

कोभिड १९ को संक्रमणको समयमा विलासिताका वस्तुको उपभोगमा खर्च कटौती हुनसक्ने हुँदा समष्टिगत मागमा कमी आउने र यसको प्रभाव राजस्व परिचालनमा पर्ने अर्थ मन्त्रालयको भनाइ छ । मन्त्रालयको तथ्यांक अनुसार २०७६ वैशाखमा राजस्व संकलन लक्ष्यको तुलनामा ७७.७ प्रतिशत कम भएको थियो ।

राजस्व संकलनसँगै बजेट खर्च समेत प्रभावित बनेको छ । कोभिड १९ को महामारीका कारण आयोजना तथा कार्यक्रम कार्यान्वयनमा भएको ढिलाइको असर खासगरी पूँजीगत खर्चमा परेको छ ।

२०७६/७७ मा विनियोजनको ४७ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । चालु आवमा समेत अपेक्षित खर्च वृद्धि हुनसकेको छैन । यसले पनि आर्थि वृद्धिदर संकुचित बनाउने चिन्ता मन्त्रालयको छ ।

राजस्व संकलनसँगै बजेट खर्च पनि प्रभावित भएको छ ।  महामारीका कारण आयोजना तथा कार्यक्रम कार्यान्वयनमा असर परेको छ । २०७६/७७ मा विनियोजनको ४७ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । चालु आवमा समेत अपेक्षित खर्च वृद्धि हुनसकेको छैन । यसले पनि आर्थिक वृद्धिदर संकुचित बनाउने चिन्ता मन्त्रालयको छ ।

पर्यटक र भ्रमण आयमा ठूलो गिरावट

कोभिडको असरले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ । यसले पर्यटक आगमन र सोमार्फत हुने आयमा परेको तथ्यांकले देखाएको छ । पर्यटक आगमन सन् २०२० मा ८०.८ प्रतिशतले घटेको थियो ।

सन् २०२१ मा अझ बढी संकुचन आउने देखिएको छ । यसले भ्रमण आयमा उच्च गिरावट आएको छ । कोभिड १९ को नियन्त्रणका लागि हवाई उडान रोकिएका छन् ।

लगानी भने बढ्ने अनुमान

अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण पक्ष लगानी हो । आर्थिक वर्ष २०७६/७७ मा ३०.४ प्रतिशतले संकुचित बनेको लगानी चालु आर्थिक वर्ष २०७७/७८ मा भने १८.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

गत आवमा कुल लगानी करीब ११ खर्ब हाराहारी थियो । चालु आवमा यस्तो लगानी १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । मन्त्रालयका अनुसार कोभिड संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि चालिएका कदमबाट गत आवमा सार्वजनिक तथा निजी क्षेत्रको खर्चमा संकुचन आएको थियो ।

चालु आवको दोस्रो चौमासिकसम्म परिस्थिति सहज भई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्कने क्रममा रहेका कारण खर्च बढ्ने अनुमान सरकारले गरेको हो ।

प्रतिव्यक्ति आय १ हजार १९१ डलर

चालु आर्थिक वर्षको अन्त्यसम्म नेपालको प्रतिव्यक्ति आय १ हजार १९१ अमेरिकी डलर (१ लाख ४० हजार ८१९ रुपैयाँ) पुग्ने अनुमान सरकारको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो आय १ हजार १२६ अमेरिकी डलर रहेको थियो । यो वर्ष प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढ्ने अनुमान सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment