+
+
Shares

अर्थतन्त्रसँग सम्बन्धित बजेटका २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन

गत आव अर्थतन्त्रका कुल ६३ बुँदामा घोषणा उल्लेख थिए । तीमध्ये २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन भएको पाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रसँग सम्बन्धित ६३ बुँदामध्ये २५ प्रतिशत मात्र पूर्ण कार्यान्वयन भएको छ।
  • नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले गरेको बजेट वाचमा २७ प्रतिशत बुँदामा शून्य कार्यान्वयन पाइएको छ।
  • कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले बजेटका कमजोरी सच्याउन निजी क्षेत्रसँग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो।

१ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रसँग सम्बन्धित २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन भएको पाइएको छ ।

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा गरेको ‘बजेट वाच’ मा यस्तो देखिएको हो ।

गत आव अर्थतन्त्रका कुल ६३ बुँदामा घोषणा उल्लेख थिए । तीमध्ये २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन भएको पाइएको हो । २७ प्रतिशत बुँदा भने शून्य कार्यान्वयन भएका छन् ।

त्यसैगरी ४७.६ प्रतिशत बुँदामा आंशिक कार्यान्वयन भएको पाइएको छ । बजेट वाच अन्तर्गत औद्योगिक विकास, सार्वजनिक खरिद आयोजना व्यवस्थापन, मेक इन नेपाल, सार्वजनिक–निजी साझेदारी, स्टार्टअप र नवप्रवर्तनका विषय हेरिएको थियो ।

यस्तै निर्यात प्रवर्द्धन, कृषि, सूचना प्रविधि, ऊर्जा, पर्यटन, कर प्रणाली, पुर्वाधार, सिप र उधमशिलता र अन्य विषय समेत राखिएका थिए ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले बजेटमा रहेका कमजोरी सच्याउन निजी क्षेत्रसँग सहकार्य गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?