Comments Add Comment

सभासद खड्काको निधनप्रति स्पेनका बागलुङ्बासीद्वारा दुःख ब्यक्त

ca memberबसन्त रानाभाट 

बार्सिलोना । सडक दुर्घटनामा निधन भएका सभासद हरि खड्काको निधनप्रति स्पेनका बागलुङ्बासी नेपालीहरूले दुःख ब्यक्त गरेका छन् ।

बागलुङ् स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरु लगायत बिभिन्न संघ सस्थाहरुले पनि निधनप्रति दुःख ब्यक्त गरेका हुन्। गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरीले निधनप्रति गहिरो दुख ब्यक्त गरेका छन्। स्पेनमा दूतावास स्थापनाको पहलको लागि आउदो जनवरीमा सरकारलाई ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रममा पनि सभासद् खड्काले सहयोग गर्ने बचन दिएका थिए ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले एक विज्ञप्ति प्रकाशित गरि सभासद खड्काको निधनले समितिलाई स्तब्ध र मर्माहित तुल्याएको बताएका छन् । डुम्रेले निधनबाट बागलुङ्वासी जनताले मात्रै नभए सिड्गो नेपाली कांग्रेसले ठुलो क्षति बेहोर्दै एक राजनीतिक योद्धा गुमाउनु परेको जनाएका छन्।

बागलुङ्को गल्कोट घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुको सस्था गल्कोट समाज स्पेनले पनि निधन प्रति दुख ब्यक्त गरेको छ। समाजका संरक्षक पुष्प भण्डारीले एक बफदार र ईमान्दार नेता गुमाउनु परेकोमा स्वदेश तथा बिदेशमा रहेका गल्कोटबासी स्तब्ध भएको जनाएका छन् ।

बाग्लुङको रामरेखा गाउँ बिकास समिति–१ घर भई हाल स्पेनमा बसोबास गर्दै आएकी बागलुङ क्षेत्र नम्बर २ का सभासद प्रकाश शर्मा पौडेल कि छोरी शोभा शर्माले घटनाबारे खड्रकाको निधनले मर्माहत बनाएको बताइन् ।

सभासद् खड्काको उपचारको क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा आइतबार साँझ निधन भएको थियो । बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुदा उनी गंभिर घाइते बनेका थिए। बि.स. २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment