Comments Add Comment

शितलहरबाट नेपालीलाई जोगाउन कलाकारको अभियान

film (3)
जाडो मौसम सुरु भएस“गै सुरु हुने शितलहरका कारण नेपालको तराई भेगमा थुप्रै मानिसहरुले ज्यान गुमाउने गर्छन् । कैयौ मानिस ओड्ने र लगाउने कपडाको अभावका कारण जाडोमा ज्यान गुमाउन वाध्य छन् ।

नेपालीहरुको यो दुखमा साथ दिदै उनीहरुलाई सहयोग गरौ भन्ने आह्वान विभिन्न कलाकारहरुले गरेका छन् । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘न्यानो संसार’ नामक संस्थाले आइतबारबाट हालसम्म संकलित कपडा र कम्मल वितरण गर्ने जनाएको छ ।

शितलहरले प्रभाव पार्ने क्षेत्रमा कपडा र कम्मल वितरण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । गतबर्ष कुनै पनि संस्था दर्ता नगरि काम गरेतापनि यो बर्षबाट ‘न्यानो संसार’ नामक संस्था दर्ता गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यो संस्थालाई पूर्व मिस नेपाल माल्भिका सुब्बा र नायिका निशा अधिकारीले साथ दिएका छन् । यस्तै, आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कलाकारहरु झरना थापा, रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, गायिकाहरु कुन्ती मोक्तान, रिमा गुरुङले पनि साथ दिएका थिए । यस्तै, निर्देशक सुरेश दर्पण पोख्रेल, निर्माताद्धय सुनिल कुमार थापा र बाबुराम दाहालले पनि संस्थाको काम राम्रो लागेकाले साथ दिएको बताए । film (1)

विशेषगरि पूर्वी तराइका जिल्लामा बढी हुने शितलहरबाट नेपाली दाजुभाई तथा दिदीबहिनीलाई जोगाउन ‘न्यानो संसार’ले आग्रह गरेको छ । जसका लागि कपडा, ब्लाङ्केट, कम्मल दिएर सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । गतबर्ष ५ हजार कम्मल शितलहर प्रभावीत क्षेत्रमा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment