Comments Add Comment

मंगलवारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले संसदीय समितिमा विकास खर्चबारेको छलफलका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा रेमिट्यान्सको सट्टा सुन, विश्व बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेन, मध्य भोटेकोसीमा पनि अवरोध, बर्ड फ्लुपीडितलाई ७० प्रतिशत थप राहत, हस्तलिखित राहदानीको म्याद पाँच महिनामात्रै लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा विकास खर्च नहुनुको कारण माग, कोरिया रोजगारीमा २२ सय जनाको रोष्टर तयार, आयातित वस्तुको भाउ बढ्ने, निर्माण ब्यवसायी अध्यक्षमा गौचन, आनमा रवीन्द्रकुमार समूहको उम्मेदवारी घोषणा लगायतका खबर छन् ।

नागरिक दैनिकमा सरकारलाई संसदीय समितिको प्रश्नः खर्च किन भएन ?, आधा वर्षसम्म स्वीकृत हुँदैनन् उर्जाका कार्यक्रम, सुन्तला किसानको गुनासोः पैसा राख्ने ठाउँ छैन, फिल्डमै नगई अनुगमन प्रतिवेदन, टाटाको नयाँ गाडी सार्वजनिक लगायतका खबर छन् ।

आर्थिक दैनिकमा कावेलीलगायतका १४ जलविद्युत आयोजनाको लाइसेन्स नबच्ने, विकास आयोजनाको तर्जुमा गर्न न्यूनतम योग्यता लागू हुने, जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५० करोड कायम, ग्रामीण विकास बैंकका अधिकारीविरुद्ध अख्तियारको मुद्दा, राष्ट्रिय सहकारी बैंकको साधारणसभामा सञ्चालक आलोचित लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment