Comments Add Comment

रोहितबिना अजय देवगणको करियर धरापमा ?

ajay
मुम्बई । बलिउडमा केही कलाकार, निर्देशक छन् जो आफुलाई एक अर्काको जोडी भन्न रुचाउँछन् । गोबिन्दा-डेविड धवन, शाहरुख खान- करण जौहर, अजय देबगण-रोहित शेट्ठी यस्ता उदहारण हुन् ।
अजय र रोहितको दोस्ती हिन्दी फिल्म ‘गोलमाल’वाट सुरु भएको हो । सिंघम जस्तो सुपरहिट फिल्ममा आइपुग्दा उनीहरुको सम्बन्ध झनै मजबुत बनेको छ ।
लाग्छ, अभिनेता अजय देबगण निर्देशक रोहित शेट्टीको अभावमा अपूर्ण हुन सक्छन् । किनकी अजयको पछिल्लो फिल्म ‘एक्सन ज्याक्सन’ पूर्ण रुपमा असफल भयो । कारण उक्त फिल्ममा रोहितको कतै पनि उपस्थिती थिएन ।
कतिपयले भन्न थालेका छन्-अब रोहित बिना अजयले औसत कमाइ गर्ने फिल्म पाउन पनि मुस्किल छ । तर, यहि बेला रोहित भने शाहरुख खानलाई लिएर फिल्म बनाउने तयारीमा छन् ।
त्यसलगत्तै अर्का निर्माता करण जौहरसँग मिलेर रामलखनको रिमेक गर्ने तयारीमा छन् । तर, बलिउडकर्मीहरु भन्छन ‘अजयले करिअर जोगाउने हो भने रोहितलाई आफुसंगै हिंडाउनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment