Comments Add Comment

केटीएमले भित्रायो सुपर स्पोर्टस् बाइक

काठमाडौं । प्रिमियम मोटरसाइकल पारखीहरुलाई मध्यनजर गर्दै युरोपियन ब्रान्ड केटीएमले सुपर स्पोर्टस् बाइक नेपाली बजारमा भित्राएको छ । केटीएम ‘आरसी-३९०’ र ‘आरसी-२००’ गरि दुई मोडल नेपालमा भित्रिएका हुन् ।

दुबै मोडल शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरियो । नेपालमा ‘आरसी ३९०’को ६ लाख ४९ हजार ९ सय रुपैयाँ र ‘आरसी २००’को ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

KTM 390 Rc in nepalकेटीएम बाइक नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनीले आयात तथा बिक्री वितरण गर्दै आएको छ । डाइरेक्ट रेस अनुभव दिलाउने नयाँ बाइकले नेपालीहरुको मन जित्ने विश्वास कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले व्यक्त गरे ।

‘आरसी-३९०’ मोडलमा ४३.५ पिएसको गहनशक्ती, ३५ एनएमको टर्क, एबीएस, मेट्जलर टायर, डब्लुपीबाट तलमाथि हुने फोर्क, आल्मुनियमबाट निर्मित हृयाण्डल, Bosch द्धारा नियन्त्रित एबीएस लगायतका विशेषताहरु रहेका छन् ।

आधुनिक एरोडाइनामिक डिजाइन र २६२ पीएस वजन अनुपातसम्मको शक्ति भएको ‘आरसी-३९०’ले विशुद्ध रेसिङको अनुभूती दिलाउने कम्पनीको दाबी छ ।

‘आरसी-२००’ बाइक पूर्णत सुपर स्पोर्टस् डिजाइन र बनौटमा रहेको छ । यसमा भएको २०० सीसीको इञ्जिनले २५ पीएसको शक्ति र १९.२ एनएमको टर्क उत्पादन गर्छ ।

TWin projector headlamps / unicque body integrated pillion seat ले यो बाइकलाई सुपर बाइकको स्टाइल दिएको हो ।

यसमा मोटो-३ बाट प्रेरिट उपकरणहरु aluminum triple clamps, upside down forks and a steel trellis frame भएको हुँदा हँकाईलाई रेसको अनुभवमा परिणत गरिदिने छ ।

मोटोजिपी रेसिङको २५० सीसी समूहको विश्वव्यापी मोटो-३ मा केटीएमले प्राप्त गरेको ज्ञान र अनुभव आरसी सुपर स्पोर्टस सिरिजमा प्रयोग गरिएको कम्पनीको दाबी छ ।

नयाँ बाइकले नेपालमा तीब्र गतिमा आफुृलाई स्थापित गर्ने कार्यकारी निर्देशक गोल्छाले बताए । यो बाइक भारतमा एसेम्बल गरिएको भएपनि ९० प्रतिशत एक्स्पोर्ट बेस्डमा निर्माण गरिएको उनको भनाई छ ।

नेपालमा यो बाइकले यामाहोको ‘आर-१५’ होण्डाको सिबिआर बाइकसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । दुबै बाइक अहिले बजारमा सर्वाधिक चर्चामा रहेका छन् ।

केटीएमका नयाँ बाइक महिनामा ५० थान बिक्री गर्ने लक्ष्य रहेको गोल्छाले बताए । उनका अनुसार नेपालमा अहिले यो रेञ्जमा केटीएम बाइकको बजार हिस्सा ४० देखि ५० प्रतिशत रहेको छ ।

नेपाली बजारमा प्रवेश गरेको ६ वर्षको अवधिमा केटीएम बाइकले नेपालीहरुको मन जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment