Comments Add Comment

निगमले घटायो पौने ४ सयसम्म हवाई भाडा

Nepal-Air-y-12-(1)९ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले बुधबारदेखि हवाई भाडा घटाएको छ ।

इन्धनको मूल्य घटेपछि कम्पनीले भाडामा न्यूनतम १०९ रुपैयाँदेखि ३८६ रुपैयाँसम्म घटाएको हो ।

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घटाएको थियो । तेलको भाउ घटेपछि निगमसहित निजी क्षेत्रका एयरलाइन्सहरुले पनि भाडा घटाएका छन् ।

निगमका अनुसार सबैभन्दा कम सिमराका लागि प्रतिव्यक्ती १०९ रुपैयाँ भाडा घटेको छ भने सबैभन्दा बढी धनगढीका लागि ३ सय ८६ रुपैयाँ घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment