Comments Add Comment

दुबईमा चितवन समाज युएईको ‘सांस्कृतिक साँझ’

UAEदामोदर दाहाल

युएई । अनाथ तथा गरिब विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने उदेस्यले अक्षयकोष निर्माणको लागि चितवन समाज युएईले दुबईमा बृहत ‘सांस्कृतिक साँझ’ सम्पन्न गरेको छ ।

नेपालकी चर्चित बेली डान्सर प्रमिला खनाल, चर्चित पप गायक कमल खत्रीको साथमा स्थानीय कलाकारहरुले खचाखच भरिएको हलका दर्शकहरुलाई भरपुर मनोरन्जन दिइएको थियो ।

संयुक्त रुपमा रास्ट्रिय गित गाउदै सांगितिक कार्यक्रम सुरुवात गरिएको मन्चमा एकपछि अर्को कलाकारहरुले आ-आफ्नो प्रस्तुतिबाट दर्सकको मन जित्न सफल भए भने स्थानीय कलाकार पूजा पौडेलले चोली राम्रो पाल्पाली ढाकाको गीतमा नृत्य प्रस्तुत गरिन् । युएईका चर्चित नेपाली लोक गायक गोपी कृष्ण पंगेनीले आफ्नो गीतबाट दर्शकहरुलाई दर्शक दिर्घामै नाच्न बाध्य बनाए ।

स्थानीय कलाकारहरुको प्रस्तुतिसंगै बेली डान्सर प्रमिला खनालको नृत्यले निकै उत्साह थप्यो । खनालले ‘उद्रेको चोली यो हो हेर्न चाहि पाहिन्छ, छुन चाहि पाईदैन’ बोलको गीतमा गरेको नृत्य निकै रोचक थियो ।

पप गायक कमल खत्रीले रात बित्यो, तिमि आयौ मेरो जिबनमा सुस्तरी, तिम्रो मायामा जस्ता आधा दर्जन गीतहरु प्रस्तुत गरे भने कार्यक्रममा सोनु राना मगर, सुदिप गैरे, मिना थापा मगर लगाएत स्थानीय कलाकारले आ – आफ्नो प्रतिभा मार्फत समाजको अभियानमा साथ दिए ।

समाजका अध्यक्ष मित्र पाण्डेको सभापतित्व तथा जिल्ला परिषद युएईका सचिबालय सचिब मणि भुर्तेलको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको अभियानलाई प्रोत्साहन गर्दै प्रबासी नेपाली मंच युएईका अध्यक्ष प्रकाश कोइरालाले एक जना कलाकारको दोहोरो टिकट मंचको तर्फबाट उपलब्ध गराउने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment