Comments Add Comment

रोनाल्डोको ड्रिम टीममा मेस्सी पर्दा क्रिष्टियानो अटाएनन्

Messi-wirh-Ronaldo

१७ पुस, काठमाडौं । ब्राजिलियन लेजन्ड रोनाल्डोले आफ्नो अलटाइम ड्रिम टीम सार्वजनिक गरेका छन् ।

रोनाल्डोको ड्रिम टिममा रियल मड्रिडका दुई स्टार, बार्सिलोनाका दुई पूर्वस्टार परेका छन् । अहिले खेलिरहेकामा बार्सिलोनाका लिओनल मेस्सी र जाभी परेका छन् ।

तर, उनको नामसँग मिल्दो रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो भने परेनन् । रोनाल्डोले गत सिजन बालोन डि’ओरको उपाधि जितेका थिए र यो सिजन पनि उनलाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

बार्सिलोना तथा रियलका पूर्व खेलाडी ३८ वर्षका रोनाल्डोले स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोसँगको कुराकानीमा आफ्नो ड्रिम टिम सार्वजनिक गरेका हुन् ।

उनको रोजाइमा फवार्डमा ब्रजिलका फुटबल हस्ती पेले र रियल मड्रिडका लेजेन्ड अल्फ्रेर्डो डि स्टेफानोसँगै बार्सिलोनाका लिओनल मेस्सी परेका छन् ।

रोनाल्डोले मिडफिल्डमा बार्सिलोनाका जाभीलाई छनोट गरेका छन् । डिएगो म्याराडोना, जिनेदान जिदान र योहान क्रोइफ पनि मिडफिल्डमा छन् । ब्राजिलका काफ्यू, फ्रान्ज, मल्डिनी डिफेन्समा छन् भने गोलरक्षकमा एथ्लेटिको विल्बाओका लेजेन्ड जोसे इरिबारलाई रोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment