Comments Add Comment

विप्लव माओवादीको चन्दा आतंक, व्यवसायी त्रसिद

२० पुस, नेपालगन्ज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले नेपालगन्जलगायत बाँकेभर जबजस्ती चन्दा उठाउन थालेपछि उद्योगी-व्यवसायी त्रस्त बनेका छन् । पार्टीका कार्यकर्ताहरु ४ वटै निर्वाचन क्षेत्रमा बाँडिएर चन्दा संकलन गरिरहेका छन् ।

biplovनेपालगन्जस्थित औद्योगिक क्षेत्र, नेपालगन्ज-कोहलपुर, न्युरोड सदरलाइन, धम्बोझी, कोहलपुर तथा राँझामा अहिले व्यापक चन्दा असुली भइरहेको व्यवसायीहरुले जनाएको कारोबारमा खबर छ । ठूला पसल र उद्योगमा गएर ५० हजारदेखि १ लाख रुपैयाँ चन्दा माग नदिए कारबाही गर्ने धम्कीसमेत दिने गरेका छन् ।

‘चन्दा माग्न आएका थिए, मैले नदिएपछि हातपात गरेर, कारबाही गर्ने धम्की दिए,’ धम्बोझीका एक साइकल व्यवसायीले भने, ‘हामीजस्ता साना व्यापारीसँग कम्तीमा ५ हजारदेखि २५ हजारसम्म चन्दा मागिरहेका छन् । प्रहरीलाई खबर गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।’ व्यवसायीमात्र नभई उनीहरुले गाविस र विद्यालयबाट समेत चन्दा असुली रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment