Comments Add Comment

यशु को हुन् ? बेलायती बच्चा भन्छन्, चेल्सीका फुटबल खेलाडि

Stained glass depicting Jesus holding a lamb
यशु को हुन् ? सायद हाम्रो देशका बच्चाले समेत उत्तर देलान्, इसाइ धर्मका प्रवर्तक । तर बेलायतका बच्चालाई सोध्नुभयो भने तपाइँले निकै नै आश्चर्यजनक उत्तर पाउनुहुनेछ । अधिकांस क्रिस्चियन धर्मावलम्बी रहेको बेलायतका सयमा २० जना बालबालिकाले यशु अर्थात् जेसस इशाइ धर्मका प्रवर्तक होइन की बेलायतको फुटबल क्लब चेल्सीका फुटबल खेलाडि भएको जवाफ दिन्छन् ।

एक नयाँ सर्भे अनुसार सयमा २० जना बेलायती बालबालिकालाई यशु चेल्सीका फुटबल खेलाडि भएको विश्वास छ । अन्य केही भने यशु एकजना अन्तरीक्षयात्री भएको ठान्दछन् ।

ब्रेन्ट क्रस शपिङ सेन्टरले गरेको सर्भेक्षणका क्रममा बेलायती बालबालिकालाई विभिन्न खाले बहुवैकल्पिक प्रश्न सोधिएको थिए । जसमा एउटा प्रश्न यस्तो थियो ।

जेसस क्राइस्ट को हुन् ? क. चेल्सीका फुटबल खेलाडि ख.इश्वरका पुत्र ग. टेलिभिजन प्रस्तोता घ.एक्स फ्याक्टरका प्रतियोगी ङ. अन्तरीक्षयात्री
डेली स्टारका अनुसार सर्भेक्षणका क्रममा सहभागि २० प्रतिशत बालबालिकाले जेसस चेल्सीका फुटबल खेलाडि भएको बताए । कतिपयले उनी टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरका प्रतिस्पर्धी रहेको समेत बताएका छन् ।

बालबालिकाहरुमध्ये अधिकांसले डिसेम्बर २५ यशुको नभै सान्टा क्लजको जन्मदिन भएको बताएका छन् । २० प्रतिशतले यशुको जन्म दक्षिणी ध्रुवमा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment