Comments Add Comment

राजदूतको स्वागतमा रात्रीभोज

perisपेरिस । फ्रान्सको लागि नेपाली राजदूत अम्बिकादेबी लुइँटेलको स्वागतार्थ एनआरएनएनए फ्रान्सले रात्रीभोज कार्यक्रम सम्पन्न गर्यो।  पेरिसस्थित पहिलो नेपाली रेस्टुरेन्ट सगरमाथामा सम्पन्न गरिएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष घनश्याम पौडेलले गरेका थिए ।

संघका सस्थापक अध्यक्ष तथा संरक्षक हरिहर अर्यालले खादा ओढाएर साथै अध्यक्ष पौडेलले फूलको गुच्छा प्रदान गरेर स्वागत गरिएको कार्यक्रममा आईसीसीका सदस्य मीनबहादुर जीसी लगायतले नयाँ वर्ष २०१५ को शुभकामना र लुइँटेलको कार्यकाल सार्थकताको कामना गरेका थिए ।

एनआरएनएनए फ्रान्सका सस्थापक अध्यक्ष तथा संरक्षक हरिहर अर्यालले  स्थापनाकालदेखि बर्तमान समय सम्म, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा, संघको हित र प्रगतिको लागि साथै नेपाल र नेपालीहरुमाथि पर्न गएको प्राकृतिक बिपत्ति तथा शिक्षा र श्वास्थ्य जस्ता बिषयहरुमा संघले पुराएको आर्थिक नैतिक सहयोगको बारेमा चर्चा गरेका थिए ।

संघका निबर्तमान अध्यक्ष निर्मल अर्याल सल्लाहाकार सदस्य हेमन्त उपाध्याय, मुकुन्द अमात्य, सुजाता केसीसहित सम्पूर्ण कार्यसमिति, उपसमितिका पदाधिकारीहरु लगायत बहुसंख्यक महिलाहरुको उपस्थिति रहेको थियो ।

 –भक्त वाग्लेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment