Comments Add Comment

दार्चुलामा जनता बैंकको शाखा, गभर्नरले गरे उदघाटन

Janta bank darchula Branch९ माघ, काठमाडौं । जनता बैंकले दार्चुलाको गोकुलेश्वरमा ३२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंंकका गभर्नर डा. युवराज खतिवडाले गरे ।

सो अवसरमा खतिवडाले जनता बैकले मुलुकको सुदुरपश्चिमाञ्चलमा रहेको दार्चुला जिल्लाको गोकुलेश्वरमा शाखा कार्यालय प्रारम्भ गर्नुका साथै सो शाखा अन्र्तगत ग्रामीण क्षेत्र बलाँचमा शाखारहित बैकिग सेवाको प्रारम्भ गरेकोमा बैकको प्रशंसा गरे ।

उनले सीप र उद्यमशीलता भएका ग्रामिण जनतालाई बैंकिङ सेवा पुर्‍याउने बैकहरुलाई उत्प्रेरणा दिने नीति केन्द्रीय बैकको रहेको जानकारी गराउँदै जनता बैकले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने नीति लिएकोमा बंैकको सराहना गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भट्टराईले सो समारोहमा उपस्थित अतिथि, बिभिन्न कार्यालयका प्रमुखहरु, उद्यमी, व्यवसायी तथा स्थानीय सर्वसाधारणको भब्य उपस्थिति प्रति कृतज्ञता व्यक्त गर्दै बैंकले ग्रामीण क्षेत्रमा समेत उत्कृष्ट सेवा दिने क्रमलाई निरन्तर अघि बढाई रहने प्रतिबद्धता ब्यक्त गरे ।

बैकका सञ्चालक गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको उक्त समारोहमा बैकका अर्का सञ्चालक धर्मध्वज पराजूलीसमेत उपस्थित थिए । उक्त कार्यक्रममा स्थानिय समाजसेवीहरु प्रजापति पाण्डे र हर्क बहादुर चन्दले बैंकको सफलताको लागि शुभकामना दिए ।

आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी देश विकासमा योगदान गर्ने उद्देश्य पूरा गर्ने क्रममा बैंकले हालसम्म ३२ वटा श्ााखा, २ वटा एक्सटेन्सन काउण्टर र २७ वटा एटीएममार्फत १ लाख १० हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले हालसम्म २० अर्व ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्व ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

सुदृढ, विश्वसनीय र गतिशील भएर अघि बढिरहेको जनता बैंकले निकट भविष्यमै रसुवा जिल्लाको टिमुरे र दाङ्ग जिल्लाको घोराहीमा समेत शाखा सञ्चालन गर्नेछ । बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment