Comments Add Comment

अमेरिकाको ह्युस्टनमा बसन्त पन्चमी मनाइयो

sarswati-pooja-1टेक्सास । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरलको आयोजनामा बसन्त पन्चमीको अवसरमा हुस्टन टेक्सासमा  सरस्वतीको पूजा सम्पन्न गरिएको छ ।

कार्यक्रममा  अनेसासद्वारा संचालित बाल बिकास पाठशालाका विद्यार्थी, अभिभावक र साहित्यप्रेमीहरुको उपस्थिति थियो ।

अनेसास ह्युस्टन च्याप्टरले टेक्सास राज्यको हुस्टनबासी नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन गराउने उद्येश्यले दुर्इ वर्ष अगाडि बाल बिकास पाठशालाको स्थापना गरेको थियो ।

sarswati-pooja-2नेपाली भाषा कक्षा र नेपाली पर्बहरुमा गरिने कार्यक्रमहरुले विदेशमा रहेका नेपाली भाबी सन्ततिहरु माँझ नेपाली मन र पन को ब्यबहारिक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बासु पौडेलले बताए । कार्यक्रममा  कमलमणी पन्थीले सरस्वती पूजाको महत्वकोबारेमा प्रकाश पारेका थिए ।

समाजका संस्थापक अध्यक्ष गंगा लिगलको सभापतित्वमा भएको कार्यक्रममा ज्योतिकृष्ण श्रेष्ठले शुभकामना मन्तब्य तथा उषा पन्थी र सतिश त्रिपाठीले कविता तथा गजल बाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment