Comments Add Comment

एमाओवादी गठबन्धनले चरणबद्ध संघर्ष गर्ने

30-party Federal Democratic Alliance Meeting

  • एमाओवादी गठबन्धनमा आबद्ध दलहरुको बैठक । तस्वीर : रासस

१२ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्ताधारी दल बाहिर गएको निष्कर्ष निकाल्दै सडक संघर्ष गर्ने निर्णय गरेको छ ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको गठबन्धनको बैठकले विगतका सहमति र सम्झौता विपरीत कांग्रेस-एमालेलगायत सत्ता साझेदार दल प्रस्तुत भएको तथा तटस्थ रहनुपर्ने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि विपक्षीको धारणालाई सुनुवाइ नगरेको भन्दै संघर्षमा जाने निर्णय गरेको हो ।

‘१२ बुँदे सहमतिदेखि को प्रक्रिया टुट्न लागेकाले जनतालाई सो बारेमा जानकारी गराउनु हाम्रो दायित्व हो,’ बैठकपछि एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने ।

यस्तै गठबन्धनमा आवद्ध फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न चरणमा जनपरिचालन गर्ने पत्रकारहरुलाई जानकारी दिए ।

अन्तरिम संविधान, २०६३ विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएका सहमति तथा सम्झौतालाई संस्थागत गर्ने महत्वपूर्ण अवसरका रुपमा संविधान निर्माण प्रक्रियालाई लिइएको भए पनि सरकारमा रहेका दल र सभाध्यक्षको भूमिका त्यसविरुद्ध परिलक्षित रहेको भन्दै बैठकले विभिन्न चरणमा जनपरिचालन गर्ने निष्कर्ष निकालेको उनको भनाइ छ ।

संविधानसभाको आइतबारको बैठकमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणमा देखिएका विवादलाई प्रश्नावली बनाउनका लागि प्रश्नावली समिति गठन गर्नुभएको थियो । सो समिति गठन लगत्तै एमाओवादीलगायतका दलले सत्ताधारी दल र सभाध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment