Comments Add Comment

एमाओवादीसँग मिलेर आन्दोलन गर्ने कमल थापाको चेतावनी

२० माघ, भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाओवादी नेतृत्वको मोर्चासँग मिलेर सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । कांग्रेस-एमालेको दुई तिहाई बहुमतको दम्भले देश र प्रजातन्त्र खतरामा परेको उनले बताए ।

Kamal-Thapa

भक्तपुरको रफत सञ्चार क्लवमा मंगलबार आयोजित साक्षात्कारमा अध्यक्ष थापाले भने, ‘चौथो शक्तिलाई बाहिर राखेर संविधान बनाउन खोजिए एमाओवादी मोर्चासँग कार्यगत एकता गरेर सडक आन्दोलन हुनसक्छ ।’

प्रश्नावली निर्माण समिति संविधानसभाको सेन्सर बोर्ड नभएको बताउँदै उनले कसैको विचारलाई निषेध गर्ने अधिकार कांग्रेस एमालेलाई नभएको बताए ।

संविधानसभालाई संख्याको आधारमा अवमूल्यन गर्दा देश मुठभेडको स्थितिमा पुगेको थापाको भनाइ छ ।

उनले भने -‘कांग्रेस-एमालेको कारण देश र प्रजातान्त्रिक इतिहासलाई खतरामा पारेका छन्, स्वेच्छाचारी निर्णयले मुलुकलाई मुडभेडको दिशामा लगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment