Comments Add Comment

एमाओवादी प्रक्रियामा नआए पनि संविधान बन्छ : ओली

२० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनेकपा माओवादीलगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताएका छन् ।

Kp sharma Oli

  • फाइल फोटो

प्रगतिशील प्राध्यापक संगठनको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दै ओलीले संविधान निर्माण प्रक्रियालाई कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।

सरकारका लागि नभई संविधान निर्माणको अग्रभागमा रहेर एमालेले भूमिका निर्वाह गरिरहेको ओलीले दाबी गरे । अध्यक्ष ओलीले भने, ‘प्रक्रिया अघि बढिसकेको छ, अब मुलुकले लोकतान्त्रिक संविधान पाउनेछ, एमालेले त्यसको अगुवाइ गर्नेछ ।’

राष्ट्रिय एकता, समृद्धि, दीगो शान्ति, जातीय सदभाव र सामाजिक रुपान्तरणका आधारमा नयाँ संविधान आउने उनले दाबी गरे ।

अध्यक्ष ओलीले जातीय पहिचानको राज्य पुनःसंरचना मुलुकलाई आवश्यक छैन भनेर समाजिक चेतना फैलाउन प्राध्यापक र बुद्धिजीवीहरुलाई आग्रह गरे ।

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष विजयबहादुर सिलवालले नवनिर्वाचित अध्यक्ष डा. यादवप्रकाश लामिछानेलाई पद हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment