+
+
Shares

केपी ओलीको ‘मानसिक स्वास्थ्य’ जाँच गर्न प्रचण्ड मोर्चाको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १८:२६

२१ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलनबारे आशंका उत्पन्न भएको भन्दै स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको छ ।

मोर्चाको बुधबार बसेको बैठकले १० अर्ब दिए एमाओवादी मोर्चाले आन्दोलन रोक्छ भनेर ओलीले दिएको अभिव्यक्तिको भत्सर्ना गरेको छ । मोर्चाले ओली शारीरिकरुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलित भएको गम्भीर आशंका उत्पन्न भएको भन्दै तत्काल उपचार व्यवस्था गर्न सरकारसँग माग गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

बैठकका निर्णय सार्वजनिक गर्दै मोर्चाद्वारा जारी विज्ञप्तिमा केपी ओलीबारे गम्भीर आरोप लगाउँदै भनिएको छ- ‘उहाँ शारीरिकरुपमा मात्रै नभई मानसिकरुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परीक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरीय छानविन आयोग गठन गरी यसको सत्य-तथ्य सार्वजनिक गर्नसमेत आजको यो बैठक माग गर्दछ ।’

19-partyएमाले अध्यक्ष ओलीले एमाओवादीलाई २ अर्ब ३ करोड दिएपछि संसदको अवरोध हटेको भन्दै अब ५ देखि १० अर्ब दिए संविधानसभा पनि खुल्ने र सडक आन्दोलन पनि रोकिने बताएका थिए । ओलीको यो आरोपको जवाफस्वरुप एमाओवादी मोर्चाले उनको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेको हो ।

यो पनि पढ्नुस् :

ओलीलाई प्रचण्डको जवाफ : नेपालमा यस्ता मान्छे पनि नेता भएका छन् (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?