Comments Add Comment

संविधानसभा बैठकमा प्रश्नावलीको प्रतिवेदन पेश गरिने

२२ माघ, काठमाडौं । प्रश्नावली प्रस्ताव निर्माण समिति गठन भएपछि आज (बिहीबार) संविधानसभा बैठक बस्दैछ ।

BICC-Nepalदिउँसो एक बजे बस्ने बैठकमा संविधान लेखनका विवादित विषय समेटिएको प्रश्नावलीको अपूरो प्रतिवेदन पेश गर्ने कार्यसूची छ । निर्धारित समयसीमा भित्र काम नसकेको समितिलाई संविधानसभाले थप पाँच दिन समय दिने तयारी समेत गरेको छ ।

बुधबार बसेको समितिको बैठकले थप पाँच दिन समय माग्ने निर्णय गरेको थियो । यही माघ ११ गते बसेको संविधानसभा बैठकले १० दिनको समय भित्र प्रश्नावली तयार पार्न समितिलाई जिम्मेवारी दिएको थियो ।

थप समय पाएपछि संविधानका विवाद मतदानबाट टंुगो लगाउन सबै असहमतिका विषयमा प्रश्नावली तयार पार्ने प्रस्ताव निर्माण समिति अन्तर्गतको उपसमिति संयोजक अग्नी खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment