Comments Add Comment

विपक्षी मोर्चाले संविधानसभा बैठक बहिष्कार गर्ने

२२ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीसहित विपक्षी १९ दलले बिहीबारको संविधानसभा बैठक बहिस्कार गर्ने भएका छन् । सहमतिको सट्टा बहुमतीय प्रक्रियाबाट संविधान लेख्न लागिएको विरोधमा एमाओवादी नेतृत्वको १९ दलीय गठबन्धनले आजको बैठक बहिस्कार गर्न लागेको हो ।

गठबन्धनले संविधानसभा र व्यवस्थापिका संसद मातहतका समितिका बैठक समेत बहिस्कार गर्दै आएको छ । कांग्रेस-एमाले सहित सरकार समर्थित दल विगतका सहमति-सम्झौता तोडेर बहुमतीय प्रक्रियामा गएको गठबन्धनमा आबद्ध दलहरुले आरोप लगाएका छन् ।

उनीहरुले बुहमतीय प्रक्रियालाई रोक्न माग गर्दै संयुक्तरुपमा देशव्यापी आन्दोलन समेत घोषणा गरेका छन् ।

यसैबीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विपक्षी दलहरु सहभागी नभए पनि प्रश्नावली प्रस्ताव निर्माण समितिको म्याद थप्ने बिषयमा मात्र केन्द्रित हुने संविधानसभाको बिहीबारको बैठक नरोकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment