Comments Add Comment

राप्रपा नेपालको नाराबाजीका बीच प्रश्नावली समितिको म्याद थप

CA-MEMBERS-OF-RPP-NEPAL-IN-CA-MEETING

  • राप्रपा नेपालका सभासदहरु संविधानसभा बैठकमा नाराबाजी गर्दै ।

२२ माघ, काठमाडौं । राप्रपा नेपालको नाराबाजीका बीच संविधानसभा बैठकले प्रश्नावली निर्माण सम्वन्धी समितिको म्याद थप भएको छ । बैठकमा एमाओवादी, मधेसवादी सहितका दलहरु भने अनुपस्थित थिए ।

संविधानसभाको बिहीबार बसेको बैठक सुरु हुनासाथ राप्रपा नेपालका सभासदहरुले विरोध गरे । सभाध्यक्षले समय दिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रश्नावली निमार्ण समितिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न बनाउन नदिएको भन्दै विरोध गरे । 

माओवादीसहितका विपक्षीहरुले बैठक बहिस्कार गरेको भन्दै उनले अब आफूलाई पनि बाहिर पठाएर सत्ता पक्षले मात्र संविधान बनाउन खोजेको हो भनी प्रश्न गरे ।

लगतै सभाध्यक्ष सुवास नेम्वाङले थापाको उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको तर, प्रस्ताव आएको बेलामा सोध्न सकिने बताए ।

साथै संविधानसभामा प्रतिपक्ष नहुने भन्दै बैठक अघि बढाएपछि राप्रपा नेपालका अध्यक्ष थापा नियमावली देखाउँदै विरोध गरे ।

नेम्वाङले सभाध्यक्ष बोलेको बेला अरु बोल्न हुँदैन भन्ने नियम सम्झाउँदै गर्दा थापा यहाँ नियम संविधान सबै मिचिसक्यो भन्दै रोष्टमतिर गए । निकै आक्रोसित मुद्रामा रोष्टममा पुगेका उनले सभाध्यक्षमाथि यहिको तपाईको निश्पक्षता भन्दै प्रश्न गरेका थिए ।

लगतै राप्रपा नेपालका सभासदहरुको नाराबाजी गरे । तर, नाराबाजीका विच समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको म्याद थप सम्वन्धी प्रस्ताव पेश गरे ।

ससिमतिको म्याद पाच दिन थप्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ । संविधानसभाको अर्को बैठक माघ २९ गतेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment