Comments Add Comment

प्रधानमन्त्रीद्वारा एमाओवादी मोर्चालाई वार्तामा आउन आह्वान

२५ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन आह्वान गरेका छन् ।

Sushil Koirala 5एमाओवादीले विगतका सहमति र सम्झौतामा प्रतिबद्धता जनाउँदै सरकारले लिखितरुपमा आह्वान गरे वार्तामा बस्ने बताएको थियो ।

प्रधानमन्त्रीले गरेको आह्वानमा भनिएको छ-‘म संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई आहृवान गर्न चाहन्छु-आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता शुरु गरौं ।’

उनले गत माघ ५ गतेदेखि सहमति नजिक पुगिसकेका विषयलाई अघि बढाउन र छिटोभन्दा छिटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी सङ्क्रमणकाल अन्त्य गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र प्रगतिको दिशातर्फ लैजान आह्वान गरेका छन् ।

हेर्नुहोस् आह्वानको पूर्णपाठ

 

press release_650

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment