Comments Add Comment

म आन्दोलनको पक्षमा छैन : गच्छदार

२७ माघ, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाललोक तान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू आन्दोलनको पक्षमा नभएको बताएका छन् ।

Bijay-kumarप्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा रहेका गच्छदारले अहिलेको अवस्थामा देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताए । मंगलबार रिपोटर्स क्लबको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने-‘मुलुक बन्द, हडताल र आन्दोलनमा जान सक्दैन, त्यसलाई रोक्न सहमतिको विकल्प छैन ।’

दलहरुबीच आजभोलि नै वार्ता हुन सक्ने भन्दै उनले सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नु पर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा अघि सारे ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सहमतिको वातावरण बनाउन प्रधानमन्त्री सुशील कोइराला लचिलो बन्नु पर्ने बताए । उनले भने-‘प्रधानमन्त्रीजीको काँधमा गहन जिम्मेवारी छ, टुटेको वार्ता प्रक्रियालाई तत्काल जोड्न लचकता प्रर्दशन गर्न सक्नुभएनभने मुलुक ठूलो द्वन्द्वमा फस्छ ।’

प्रधानमन्त्रीले १२ बुँदे समझादरी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेस आन्दोलन र आदिवासी आन्दोलन लगायतका विभिन्न आन्दोलनका सम्झौताअनुुसार अघि बढ्न तयार छुभन्ने पूर्ण प्रतिबद्धता आए र प्रश्नावली समितिले तयार पारेको प्रतिवेदनलाई थाती राखे आज र भोलि नै वार्ता हुने उनले बताए ।

औपचारिक वार्ता अगाडि बढिसकेको भन्दै उनले भने-‘प्रधानमन्त्रीसँग तीन पटक टेलिफोनमा कुरा गरेको छु, सत्तापक्षका नेताहरुसँग पनि कुराकानी भरहेको छ, त्यसैले उहाँहरुले उदारताका साथ विश्वासको वातावरण बनाउनुपर्छ ।’

गच्छदारले सत्तापक्ष र विपक्षबीच सेतुको भूमिका खेलेर वार्ताको वातावरण बनाउन खोजेको बताए । सहमतिका लागि आफूले राखेको प्रस्तावलाई बेवास्ता गर्दा दलहरुवीच सम्वादको तार टुटेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment