Comments Add Comment

इन्टरनेट कम्पनी क्लासिक टेकको १२ घण्टे सेवा सुरु

१ फागुन, काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ ले शुक्रबार देखि १२ घण्टे सेवा सुरु गरेको छ । ग्राहकहरुको सेवाका लागि कम्पनीको कार्यालय सातामा सातै दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने छ ।

classic-techअन्य प्राविधिक सेवा भने २४ घण्टा ३६५ दिन नै सुचारु रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरु अफिस समयमा व्यस्त हुने हुँदा उनीहरुको सुविधालाई ध्यानमा राखेर १२ घण्टे सेवा सुरु गरिएको हो ।

बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कार्यालय खुल्ने हुँदा दिनभरी व्यस्त रहने ग्राहकहरुले क्लासिक टेकको इन्टरनेट सेवा जडान तथा मर्मत गर्न सक्नेछन् । यस किसिमको सेवा नेपालमै पहिलो चोटि प्रदान गर्न लागेको कम्पनीको दाबी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलले ग्राहकमाझ नयाँ-नयाँ सेवाहरु लिएर आउने प्रतिवद्धता जनाए । इन्टरनेटले अर्थतन्त्रलाई बढाउन विशेष भूमिका खेल्ने बताउँदै उनले यसले मानिसको जीवनशैलीमा आमूल परिवर्तन ल्याउन सफल भएको बताए ।

वि.सं. २०६६ सालमा स्थापना भएको क्लासिक टेकले पाँच वर्ष पुरा भइसकेको छ । कम्पनीले स्थापना कालदेखि नै उत्कृष्ट सेवाको मूल मन्त्रलाई अंगिकार गरेको र अहिले पनि यो मन्त्रलाई आत्मसात गरिरहेको खरेलको भनाई छ ।

ग्राहक सेवामा केन्दि्रत रहेका कारण आजको अवस्थासम्म आइपुगेको कम्पनीले बताएको छ । ‘हृवेन स्पीड एन्ड रिलाविलिटी म्याटर’ भन्ने संस्थागत नारा बोकेर अगाडि बढेको क्लासिक टेकले ग्राहकहरुको माग अनुरुप विश्वस्नीय र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment