Comments Add Comment

सुनामी आएपनि संविधान निर्माण रोकिँदैन : रामचन्द्र

Ram-chandra-Paudel

२ फागुन, विराटनगर । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी मोर्चाको अन्दोलनले संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् ।

प्रेस युनियन मोरङले शनिबार आयेाजना गरेको पत्रकार भेटघाटमा पौडेलले भने-‘एमाओवादी मोर्चा गर्ने प्रर्दशन त के सुनामी आएपनि संविधान निर्माणको प्रक्रिया रोकिने छैन ।’

विपक्षीलाई संविधान निर्माणमा सहभागी गराउन संविधानसभा स्थगित गरिएको भन्दै उनले १० दिनको समयलाई सदुपयोग गर्न आग्रह गरे ।

‘हामी अहिले पर्ख र हेरको अवस्थामा छौं । सवै दललाई संविधान निर्माणको कार्यमा सहभागी गराउन लागेका छौं’ पौडेलले भने-‘यदि यो समयलाई दलहरुले सही सदुपयोग गर्न सकेनन भने संविधान निर्माणको प्रक्रिया अघि वढ्छ ।’

कांग्रेस उपसभापति पौडेलले मधेसी नेताले मधेसको हित नवुझेको बताए । देशको भौगोलिक यर्थात विपरित मधेसी नेताहरुले आफनो राजनीति वचाइ राख्न विभिन्न नारा मात्र दिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment