Comments Add Comment

एमाले केन्द्रीय कमिटीमा को-को थपिँदै ? (सूची सहित)

४ फागुन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १४ जना नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि स्थायी कमिटी बैठकमा प्रस्ताव पेश भएको छ ।

UML-Sthai-Commite

केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकले प्रस्तावबारे निर्णय गर्ने जिम्मा शीर्ष पाँच नेतालार्इ दिएको छ । अध्यक्ष केपी अोली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल र उपाध्यक्ष बामदेव गौतमलार्इ जिम्मा दिइएको सचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

को-को थपिँदैछन् ?

स्रोतका अनुसार १४ केन्द्रीय सदस्य मनोनयनका लागि ९ पूर्ण र ५ बैकल्पिक सदस्यको नाम प्रस्ताव गरिएको छ ।

महासचिवले प्रस्तावित गरेका नाममा पूर्ण सदस्यका लागि घनेन्द्र बस्नेत, कृष्णगोपाल श्रेष्ठ, देवराज घिमिरे, केदार न्यौपाने, राजेन्द्र राई, बिजय सुब्बा, विनोद ढकाल, देवशंकर पौडेल र झपेन्द्र जिसी छन् ।

त्यस्तै बैकल्पिकमा झपट रावल, रुपनारायण श्रेष्ठ, रन्जु ठाकुर, विदुर सापकोटा, सरला यादव, हरि पराजुली र खेमचन्द्र ढकाल मध्येबाट छानिने स्रोतले जनाएको छ ।

पूर्ण केन्द्रीय सदस्यहरुको प्रस्तावित नाममा नेपाल पक्षले बिरोध जनाएको छ । प्रस्तावित नाममा देवशंकर पौडेल र झपट रावलबाहेक अधिकांश ओली पक्षका हुन् ।

बिजय सुब्बा संघीय समाजवादीको बरिष्ठ उपाध्यक्ष छाडेर एमाले फर्किएका हुन् । उनलाई पोलिटव्यूरो सदस्य बनाइने सम्भावना छ । संघीय समाजवादीमा जानुअघि पनि उनी पोलिटव्यूरो सदस्य थिए ।

तस्वीर : एमाले अध्यक्ष केपी अोलीको ट्वीटरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment