Comments Add Comment

खस क्षेत्रीले ४४ लाख जनता सडकमा उतार्ने !

४ फागुन, काठमाडौं । क्षेत्री समाज नेपालले आफूहरुले अघि सारेका मागहरु अब बन्ने संविधानमा सम्बोधन नगरिए कडा आन्दोनलमा उत्रने चेतावनी दिएको छ ।

Chhetri-Samaj-Nepalसोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले क्षेत्री जातिलाई आदिवासी जातिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु अब बन्ने संविधानमा नसमेटिए ४४ लाख खस क्षेत्रीहरुलाई सडकमा उतारेर आन्दोलन गर्ने चेतावनी दिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले ०६३ सालमा जारी गरिएको अन्तरिम संविधानले क्षेत्रीलाई जिउँदै मारेेको भन्दै अब बन्ने संविधानमा चाहीँ आदिवासीमा सूचिकृत गर्नुपर्ने धारणा राखे ।

समाजले खस क्षेत्रीलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, संघीयताका आधार जाती, भाषा र धर्म नभएर भूगोललाई बनाउनुपर्ने र प्रदेशको नामाकरण गर्दा नदीनाला तथा हिमश्रृङ्खलाको नाममा राखिनुपर्ने, पाँच विकास क्षेत्रलाई नै संघीय राज्य बनाउनुपर्ने लगायतका ६ बुँदे मागहरु अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment