Comments Add Comment

तुलाधर मोर्चाले गर्‍यो आन्दोलनको घोषणा

४ फागुन, काठमाडौं । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संघर्षका कार्यक्रम घोषणा गरेको छ । संघर्षको कार्यक्रम राजधानी र तराईमा केन्दि्रत गरिएको छ ।

Padma ratna tuladharराष्ट्रिय आन्दोलनको सोमबार बसेको बैठकले अहिलेको अवस्थामा हुने वार्ताले आफूहरुको माग पूरा नहुने ठहर गर्दै निर्णायक आन्दोलनका लागि जनतालाई तयार गर्ने निर्णय गरेको छ ।

बैठकले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले १६ गते काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । नेताहरुका अनुसार १६ गतेको प्रदर्शनमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र्‍यालीसहित सहभागी हुनेछ ।

आन्दोलनले सोमबार दलित, मुस्लिम र मधेसी समुदायसँग छलफल गरेको छ भने ६ गते उद्योगी व्यवसायी र ८ गते विभिन्न संघ सस्थासँग गर्नेछ ।

उपत्यकामा मार्चपास, तराईमा पहिचान यात्रा

१४ गते बसन्तपुरबाट नयाँबानेश्वरसम्म युवा दस्ताले मार्च पास गर्ने कार्यक्रम तय भएको छ । २२ गते रिङरोडमा मार्च पास हुने आन्दोलनका नेता खगेन्द्र माखिमले जानकारी दिए ।

तुलाधर मोर्चालेे २७ गतेबाट काँकटभिट्टा र कञ्चनपुरबाट पहिचान यात्रा सुरु गर्ने निर्णय गरेको छ । काँकटभिट्टाबाट सुरु हुने यात्रामा मल्लके सुन्दर, सुरेश आलेमगर लगायतका नेता छन् भने कञ्चनपुरको टोलीमा पासाङ शेर्पा, खगेन्द्र माखिम लगायत रहेनछन् ।

पहिचान यात्रा चितवन हुँदै पोखरामा चैत ६ गते र काठमाडौंमा ७ गते आमसभा गरेर समापन हुनेछ । ‘पहिचान पक्षधरहरुलाई जगाउन यो यात्रा गर्न लागिएको हो’ माखिमले भने ।

यो पनि पढ्नुस् 

१० प्रदेशको अडान नछाड्न प्रचण्डलाई पद्मरत्नको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment