Comments Add Comment

गण्डकीमा १५ संक्रमितको मृत्यु

४ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बागलुङका चार, मुस्ताङ, कास्की, नवलपरासी पूर्व र तनहुँका दुई/दुई तथा स्याङजा, गुल्मी र पर्वतका एक/एक जना संक्रमितको मृत्यु भएको हो ।

उनका अनुसार बागलुङको ताराखोला गाउँपालिका–७ का ५४ वर्षीय पुरुष, ताराखोला–१ का २९ वर्षीय पुरुष, गल्कोट नगरपालिका–१ ७८ वर्षीय पुरुष र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । ५४ र २९ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो भने ७८ र ७९ वर्षीय पुरुषको मंगलबा मृत्यु भएको हो ।

मुस्ताङको थासाङ गाउँपालिका–४ की ८५ वर्षीया महिला र घरपजोङ गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ का ७२ वर्षीय पुरुषको आइतबार र पोखरा महानगरपालिका–१३ का ४६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको उनले बताए ।

यसैगरी नवलपरासी पूर्वको विनयी-त्रिवेणी गाउँपालिका–२ की ४४ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो भने कावासोती नगरपालिका–११ का ४२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

यसैगरी तनहुँको देवघाट–५ की ६८ वर्षीया महिलाको सोमबार र व्यास नगरपालिका–३ की ६० वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।

स्याङजाको वालिङ नगरपालिका–९ की ७२ वर्षीया महिला, गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । पर्वतको जलजला गाउँपालिका–४ का २८ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment